काठमाडौं, ३ भदौ । १९औँ एसियाली खेलकुद अन्तर्गत पुरुष भलिबलमा नेपालले आज इरानसँग खेल्दैछ।

हाङझाउमा हुने खेल नेपाली समय अनुसार दिउँसो सवा १२ बजे सुरु हुनेछ। आजको खेलमा इरानसँग पराजित भएमा नेपाल समूह चरणबाटै बाहिरिनेछ।

समूह बी अन्तर्गत हिजो भएको पहिलो खेलमा बहराइनसँग पराजित भएको नेपालका लागि समूह चरण पार गर्न इरानलाई हराउनैपर्ने दबाव छ। १९औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन समारोह सेप्टेम्बर २३ हुने भए पनि भलिबल, फुटबल र क्रिकेटका खेलहरु मंगलबारदेखि नै शुरु भएका छन्।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर