काठमाडाै : नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले तीजसंगै जोडिएर आउने कलासंस्कृति जगेर्ना गर्नु युवाको दायित्व रहेकाे बताएका छन् । नेविसंघ त्रिभुवन विश्वविद्यालय इकाई समितिले आयाेजना गरेका तीज विशेष कार्यक्रममा सम्बाधेन गर्दै अध्यक्ष शेर्पाले यस्ताे बताएका हुन् ।

उनले अघिल्लाे वर्षकाे तीज मनाउँदै गर्दा त्रिवि केन्द्रीय क्याम्पसकाे स्ववियुमा नेविसंघ जिताउने संकल्प पूरा गरेकाे भन्दै सबैलाई धन्यवाद पनि दिए ।अध्यक्ष शेर्पाले पनि केहीबेर तीजमा रमाइरहेका चेलीहरूलाई नाचेर साथ दिए ।

तीजलाई महिला सशक्तीकरणका लागि आवाज बुलन्द गर्ने अवसरमा रूपमा उपयाेग गर्नुपर्नेमा शेर्पाकाे जाेड दिए । त्रिवि केन्द्रीय क्याम्पस किर्तिपुरमा सम्पन्न कार्यक्रममा हजाराैं विद्यार्थी सहभागि भए ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको