काठमाडौँ, १५ असोज : रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि हाम्रो सनसाइन स्कुल फाउन्डेसनले आर्थिक सहयोग उपलब्ध गराएको छ । फाउन्डेसनले रु २५ लाख सहयोग गरेको हो ।

फाउन्डेसनका सचिव तथा हाम्रो सनसाइन स्कुलका प्रिन्सिपल दिवेश खत्रीले सो बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुनेगरी सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनालाई आज चेक हस्तान्तरण गर्नुभयो । खत्रीका अनुसार शिक्षक, कर्मचारी र संस्थाका सदश्यहरुको तर्फबाट रकम संकलन गरी कोषमा जम्मा गरिएको हो ।

सो अवसरमा सञ्चारमन्त्री डा तिमिल्सिनाले विपद्को समयमा गरिएको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुहुँदै बाढी पीडितको राहत तथा पुनस्र्थापनालाई सरकारले पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो ।

स्कुलले विगत २५ वर्षदेखि आर्थिक रुपमा विपन्न बालबालिकालाई पूर्ण निःशूल्क शिक्षासहित दिवा खानाकोसमेत व्यवस्था गर्दै आएको खत्रीको भनाई छ । कक्षा १२ सम्मको पढाई हुने सो स्कुल काठमाडौँको बौद्धमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको