काठमाडौं। अमेरिकाको न्यूयोर्कमा बसोबास गरिरहेका उपल्लो मुस्ताङवासीले नेपालका भोटेकोशी र त्रिशूली बाढीपीडितहरूको सहायतार्थ एक लाख ४ हजार ६ सय ८८ अमेरिकी डलर ९एक करोड साठी लाख ४६ हजार ५७६० रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेका छन्।

न्यूयोर्कको वुडसाइड रहेको सामुदायिक संस्था लो-न्यामशिप एशोसिएसन यूएसए इंकमार्फत विशेष गरेर उपल्लो मुस्ताङको लोमान्थाङ तथा लो(घेकर दामोदरकुण्ड गाउँपालिका नागरिकहरूले देशविदेशका शुभेच्छुकहरूको सहकार्यमा संकलित भोटेकोशी र त्रिशूली बाढीपीडितहरूको सहयोगार्थ संकलित रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ट्रान्सफर गरेका छन्।

हालै आएको विनाशकारी बाढी तथा पहिरोका कारण घरबारविहीन र कष्टकर जीवन बिताइरहेका पीडित परिवारहरूलाई राहत तथा पुनरुत्थानमा यस सहयोगले केही हदसम्म भए पनि राहत पुर्‍याउने अपेक्षा गरिएको छ। संकटको यस घडीमा मातृभूमिको पीडामा साथ दिनु प्रवासी नेपालीहरूको साझा कर्तव्य भएको संस्थाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको