काठमाडौं : नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष बन्नका लागि कानुनी रूपमा अयोग्य देखिएका व्यक्ति नै नियुक्तिको दौडमा अघि बढेका छन् । निगमको ठेक्का–पट्टा प्रक्रियामा संलग्न  देखिएका उपेन्द्रबहादुर कार्की कार्यकारी अध्यक्ष बन्ने प्रयासमा छन् । यसअघि निगमको कार्यकारी अध्यक्षमा नियुक्त भएका महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतको आदेशपछि बदर भएपछि कार्की उक्त पदका लागि सक्रिय भएका हुन् । श्रेष्ठको नियुक्ति कार्यविधिविपरीत भएको दाबी गर्दै कार्कीसमेत सर्वोच्च अदालत पुगेका थिए ।  कार्यविधि विपरित भन्दै कार्यकारी अध्यक्ष श्रेष्ठ हटाइँदा ऐन विपरित नियुक्त कार्की पनि हटाइएका थिए ।

निगमकै अभिलेखअनुसार कार्की कार्यकारी अध्यक्ष र सञ्चालकका लागि कानुनी रूपमा अयोग्य देखिएका छन् । नेपाल वायुसेवा निगम ऐन, २०१९ ले निगमको ठेक्का–पट्टासँग प्रत्यक्ष रूपमा जोडिएका व्यक्तिलाई महाप्रबन्धक वा सञ्चालक बन्न रोक लगाएको छ । ऐनको दफा ८ को खण्ड (ख) मा निगमबाट ठेक्का–पट्टा लिएको व्यक्ति महाप्रबन्धक वा सञ्चालक हुन नसक्ने व्यवस्था गरिएको छ । निगममा कार्यकारी अध्यक्ष नै महाप्रबन्धक  रहने व्यवस्था छ । यसअघि स्वार्थ बाझिने गरि ऐन विपरित नियुक्त उनै कार्की अहिले कार्यकारी अध्यक्षको दौडमा रहेको निगम स्रोतले बतायो ।

निगमका अनुसार कार्कीसँग सम्बन्धित ‘साक्षात मल्टिपर्पोज कम्पनी’ आर्थिक वर्ष २०७९/८० र २०८०/८१ मा निगमले आह्वान गरेको बोलपत्र प्रक्रियामा सहभागी भएको थियो । निगमको ठेक्का–पट्टा प्रक्रियामा कम्पनीको सहभागिता रहेको तथ्यले कार्कीको नियुक्ति भए पुनः कानुनी प्रश्न उठ्ने निश्चित देखिएकाे छ । राेचक त के छ भने , यीनै कार्की १ नम्बरमा सिफारिस भएकाे भन्दै महाप्रबन्धक बनिपाउँ भन्दै सर्वाेच्च अदालत पुगेका थिए । तर, उनकाे साे माग कानूनसम्मत नदेखिएकाे न्यायाधीश सुनिल पाेखरेल र बालकृष्ण ढकालकाे इजलाशले ठहर गरेकाे थियाे ।

ऐनले निगमको नेतृत्वमा रहने व्यक्तिलाई ठेक्का–पट्टासम्बन्धी कारोबारबाट अलग राख्ने स्पष्ट व्यवस्था गरेको छ । दफा २१ को उपदफा (१) ले निगमसँग हुने ठेक्का–पट्टामा सञ्चालक, महाप्रबन्धक वा कर्मचारीले भाग लिन नपाउने व्यवस्था गरेको छ । त्यस्तै, निगमसँग ठेक्का–पट्टा लिने व्यक्तिले निगमका सञ्चालक, महाप्रबन्धक वा कर्मचारीलाई हिस्सेदार बनाउनसमेत नपाउने कानुनी व्यवस्था छ ।

यसरी हेर्दा निगमको ठेक्का–पट्टा प्रक्रियामा संलग्न कम्पनीसँग सम्बन्ध भएका कार्कीलाई सञ्चालक नियुक्त गर्न नमिल्ने निगमकै एक वरिष्ठ अधिकारीले बताए ।

नेपाल वायुसेवा निगम ऐन, २०१९ मा के छ ?

कार्कीकाे कम्पनी निगमकाे ठेक्कापट्टामा संलग्नताकाे प्रमाण

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको