रसुवा नाका क्षेत्रमा हालै आएको विनाशकारी बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएपछि नेपाली कांग्रेसका महासमिति सदस्य तथा नेपाल तरुण दलका निवर्तमान अध्यक्ष विद्वान गुरुङले सरकारसँग गम्भीर ध्यानाकर्षण गराएका छन् ।  हिमताल फुटेर भोटेकोशी नदी क्षेत्रमा अचानक आएको विकराल बाढीका कारण सयौं नागरिकले ज्यान गुमाउनु परेको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै उनले तत्काल राष्ट्रिय शोक घोषणा गर्न जोडदार माग गरेका हुन् ।

आपतकालीन राहत तथा उद्धारमा राज्य संयन्त्रको सुस्तताप्रति गम्भीर चिन्ता प्रकट गर्दै गुरुङले मृतकहरूको सम्मान र शोकसन्तप्त परिवारहरूप्रति ऐक्यबद्धता जनाउन निम्न प्रमुख मागहरू अघि सारेका छन् ।

राष्ट्रिय शोक र झण्डा झुकाउने : अमूल्य जीवन गुमाउने सम्पूर्ण मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै एक दिन राष्ट्रिय शोक घोषणा गर्न र सरकारी कार्यालयहरूमा राष्ट्रिय झण्डा आधा झुकाउन।

प्रभावकारी उद्धार तथा राहत : विपत्तिमा परेर सर्वस्वविहीन बनेका पीडित परिवारहरूको तत्काल पुनस्र्थापना गर्न र घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था मिलाउन।

प्रकृतिसँगको असन्तुलन र लापरवाहीले ठूलो मूल्य चुकाउन बाध्य पार्ने भन्दै गुरुङले भविष्यमा यस्ता विपद्बाट बच्न पूर्वतयारी र राज्यको उत्तरदायित्व अझ बलियो हुनुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको