काठमाडौं :सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई सात दिनभित्र उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको छ । म्यादभित्र हाजिर हुन नआएमा प्रचलित कानून बमोजिम हुनेछ भन्ने सूचनामा उल्लेख छ ।

सम्पत्ति शुद्धीकरणको कसुरको अनुसन्धानका सिलसिलामा उनीसँग केही कुरा बुझ्नुपर्ने भएकाले बाटोको म्याद बाहेक सूचना प्रकाशन भएको मितिले ७ (सात) दिनभित्र ललितपुर, पुल्चोकस्थित विभागको कार्यालयमा हाजिर हुन भनिएको छ ।

सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ४१ बमोजिम यो सूचना प्रकाशन गरिएको उल्लेख छ । यसअघि अख्तियारले उनकी आमा आरजु राणा देउवालाई पनि म्याद जारी गरेकाे थियाे । हाल उपचारबा लागि देउवा परिवार हङकङमा छ ।

सूचनामा भनिएको छ:

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, पुल्चोक ललितपुरबाट
प्रसाद सिंह देउवाको नाति, शेरबहादुर देउवाको छोरा, डडेलधुरा जिल्ला, साविक असिग्राम गा.वि.स. वडा नं. ५ वतन भई काठमाडौँ जिल्ला, बूढानीलकण्ठ नगरपालिका वडा नं. २ बस्ने वर्ष अ. ३१, ना.प्र.नं. १०६०/८५८६० (काठमाडौँ) को जयविर सिंह देउवाका नाममा जारी भएको हाजिर हुन आउने बारेको सूचना ।

(प्रकाशित मिति: २०८३/३/२३)

सम्पत्ति शुद्धीकरणको कसुरको अनुसन्धानका सिलसिलामा तपाईंसँग केही कुरा बुझ्नुपर्ने भएकाले बाटोको म्याद बाहेक यो सूचना प्रकाशन भएको मितिले ७ (सात) दिनभित्र ललितपुर, पुल्चोकस्थित कर्मचारी सञ्चय कोषको केन्द्रीय कार्यालयको बी ब्लकमा रहेको विभागको कार्यालयमा हाजिर हुन आउनुहुन सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ४१ बमोजिम यो सूचना प्रकाशन गरिएको छ । म्यादभित्र हाजिर हुन नआएमा प्रचलित कानून बमोजिम हुनेछ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको