काठमाडौं । नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयकलाई हतारमा पारित नगरी विस्तृत छलफलका लागि संसदीय समितिमा पठाउन माग गरेकी छन्। राष्ट्रिय सभामा विधेयकमाथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले संसद् अधिवेशन चलिरहेकै बेला अध्यादेशमार्फत कानुन ल्याउने सरकारको अभ्यास लोकतान्त्रिक मूल्यविपरीत भएको बताइन्। सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान प्रक्रियालाई स्पष्ट र दुरुपयोग हुन नदिने गरी व्यवस्थित गर्नुपर्नेमा पनि उनले जोड दिइन्।

झाँक्रीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग सम्बन्धित सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दाको प्रसङ्ग उठाउँदै सरकारले दोहोरो मापदण्ड अपनाएको आरोप लगाइन्। नेपाल एफएटीएफको ‘ग्रे लिस्ट’मा पर्ने जोखिम बढिरहेका बेला मुद्दा फिर्ता गर्ने प्रयास उचित नभएको उनको भनाइ थियो।

उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको अघिल्लो अभिव्यक्तिलाई लक्षित गर्दै, अघिल्लो सरकारले आफू र आफ्ना दलका नेतामाथि सम्पत्ति शुद्धीकरणको अनुसन्धान गराउन खोजेको’ भन्ने दाबीको प्रमाण सार्वजनिक गर्न चुनौती दिइन्। यदि प्रमाण दिन नसके अर्थमन्त्रीले संसद्मा बोलेको कुरा फिर्ता लिएर सार्वजनिक रूपमा माफी माग्नुपर्ने उनको माग छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको