काठमाडौं : फिफा विश्वकपमा वैकल्पिक खेलाडी बुदिमिरको गोलमा क्रोएसियाले पहिलो जित निकालेको छ।

समूह एलको निकै नै रोमाञ्चक र निर्णायक खेलमा क्रोएसियाले पानामाविरुद्ध १–० को जित निकालेको हो।

क्यानडाको टोरोन्टो स्टेडियम भएको खेलमा क्रोएसियाले विश्वकपको नकआउट यात्रा कायमै राखेको छ। खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि क्रोएसियाले दोस्रो हाफको सुरुवातमै रणनीति परिवर्तन गरेको थियो।

मुख्य प्रशिक्षकले पेटार मुसाको स्थानमा मैदान प्रवेश गराएका अनुभवी फरवार्ड आन्ते बुदिमिरले खेलको ५४ औं मिनेटमा सानदार गोल गर्दै क्रोएसियाली प्रशंसकहरूलाई खुशी दिए।

जोसिप स्टानिसीचले दायाँ भागबाट दिएको उत्कृष्ट क्रस पासलाई बुदिमिरले पोस्टको जाली चुमाएका थिए।

पहिलो खेलमा घानासँग व्यहोरेको हारपछि पानामा र इङ्गल्यान्डसँग पराजित क्रोएसिया दुवै अंकविहीन रहेकाका थिए।

पानामाले खेलमा फर्कन निकै प्रयास गरे पनि क्रोएसियाको बलियो रक्षापंक्ति र गोलरक्षक डोमिनिक लिभाकोभिचको उत्कृष्ट बचाउका कारण पानामाले गोल गर्न सकेन।

अर्को खेलमा पानामाले इङ्ल्याण्डसँग र क्रोएसियाले घानासँग समूह चरणको अन्तिम खेल खेल्नेछन्। गएराति भएको खेलमा घाना इङ्ल्याण्डले गोलरहित बराबरी खेल्दै अंक बाँडे।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको