भरतपुर- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनअन्तर्गत सहमहामन्त्री पदका लागि सांसदद्वय रमेश प्रसाईं र यज्ञमणि न्यौपानेले उम्मेदवारी घोषणा गरेका छन् ।

मंगलवार महाधिवेशनस्थलमा आयोजित पत्रकार सम्मेलनमार्फत दुवैले सहमहामन्त्री पदमा आफ्नो दावी प्रस्तुत गरेका हुन् । उम्मेदवारी घोषणा गर्दै उनीहरूले पार्टीलाई थप सुदृढ, व्यवस्थित र जनमुखी बनाउन आफूहरू प्रतिबद्ध रहेको बताएका छन् ।

अधिवक्ता समेत रहेका न्यौपाने यसअघि रास्वपाको अनुशासन आयोगको उपप्रमुखको जिम्मेवारीमा रहेर काम गरिसकेका छन् भने प्रसाईं पार्टीका सहप्रवक्ताका रूपमा सक्रिय छन् ।

रास्वपाको विधानअनुसार पाँच जना सहमहामन्त्री रहने व्यवस्था छ । महाधिवेशनको बन्दसत्र प्रारम्भ हुन लागेसँगै विभिन्न पदका आकांक्षीहरूले आफ्नो उम्मेदवारी सार्वजनिक गर्न थालेका छन् ।

 

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको