६ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिमा निर्वाचन हुने भएको छ ।
रास्वपाले संशोधन गरेको विधान अनुसार १ सय जना निर्वाचित हुने व्यवस्था छ ।
एक नेताले दिएको जानकारी अनुसार, केन्द्रीय समितिमा सर्वसम्मत नहुने भएको हो ।
रास्वपाको महाधिवेशन भोलिबाट हुँदैछ । त्यसअघि आज वर्तमान केन्द्रीय समितिको अन्तिम बैठक बसेको थियो ।
उक्त बैठकमा सभापति रवि लामिछानेले पनि सम्बोधन गरेका थिए । उनले पार्टीका नेताहरूलाई स्वस्थ प्रतिस्पर्धामा उत्रिन अपिल पनि गरेका थिए ।
केन्द्रीय कमिटी चयन भइसकेपछि अरु पदाधिकारीका लागि पनि निर्वाचन हुने रास्वपाका एक शीर्ष नेताले बताए ।



