काठमाडौँ– फिफा विश्वकप २०२६ को सहआयोजक क्यानडाले आफ्नो पहिलो खेलमा बोस्निया हर्जगोभिनासँग १–१ गोलको बराबरी खेलेको छ।
टाेरन्टाे स्टेडियममा गएराति भएको खेलमा बोस्नियाका जोभो लुकिच र क्यानडाका साइल लरिनले आआफ्नो टोलीका लागि एक–एक गोल गरेका थिए।
खेलको २१औँ मिनेटमा लुकिचले गोल गर्दै बोस्नियालाई सुरुवाती अग्रता दिलाएका थिए । सियाड कोलासिनाचले कर्नरबाट हेडर फ्लिक गरेपछि लुकिचले हेडमार्फत गोल गरेका थिए।

यस्तै, क्यानडाका लारिनले ७८औँ मिनेटमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए । त्यसपछि दुवै टोलीले थप गोल गर्न नसक्दा खेल बराबरीमा सकिएको थियो।
यो खेलसँगै समूह ‘बी’ का क्यानडा र बोस्निया एन्ड हर्जगोभिना दुवैले पहिलो खेलपछि एक–एक अंक जोडेका छन् । यस समूहमा स्विट्जरल्यान्ड र कतार पनि छन्।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको