डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना लगातार दोस्रो उपाधि जित्ने पहिलो टोली बन्ने दाउमा छ।
२०२२ को कतारमा भएको फाइनलमा अर्जेन्टिनाले फ्रान्सलाई हराएपछि धेरैले लियोनेल मेस्सीको करियरको सर्वोच्च गौरव हुने बताएका थिए। उनले २०२६ सम्ममा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिगिसक्ने धेरैले अड्कल गरेका थिए।
यसपालीको विश्वकपमा मेस्सी ३९ बर्ष भएका छन्। अन्तिम विश्वकप खेलिरहँदा उनी उत्तर अमेरिकामा उपाधि हात पार्ने दाउमा हुनेछन्। यद्यपि, यो प्रतियोगिता जित्नु अघिल्लो संस्करण जित्नु भन्दा पनि गाह्रो देखिन्छ।
मेस्सी कति शक्तिशाली ?
मेस्सीको नेतृत्वमा अर्जेन्टिनाले जुन १६ मा अल्जेरियाविरुद्ध विश्वकपमा पहिलो खेल खेल्दैछ।
उनी २०२२ संस्करणको विश्वकप भन्दा कमजोर देखिएका छन्। उनी हालै ह्यामस्ट्रिङको चोटबाट मुक्त भएका छन्। उनले सकर टोली इन्टर मियामीका लागि गोलहरु गरिरहे पनि पहिलेको भन्दा कमजोर देखिन्छन्। प्रतियोगिताको क्रममा उनले सावधानीपूर्वक व्यवस्थापन गर्नुपर्ने हुन्छ।
मेस्सीको मुख्य योगदान गोल भन्दा पनि उपस्थिति हुनसक्छ। उनी एक दूरदर्शी खेलाडी र एक प्रमुख सेट–पीस हुन्।
मेस्सीले सम्भवतः २०२६ को विश्वकपपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिनेछन्। यसअघि उनले सेप्टेम्बर ४ मा भेनेजुएलामाथि ३–० को जितसहित घरेलु मैदानमा आफ्नो अन्तिम प्रतिस्पर्धात्मक अन्तर्राष्ट्रिय खेल भएको बताए।
‘यस मैदानमा धेरै भावनाहरू छन्, मैले धेरै कुराहरू अनुभव गरेको छु’, ब्यूनस आयर्सको एस्टाडियो मास मोनुमेन्टल स्टेडियममा खेलपछि मेस्सीले भने।
उनले थप भने, ‘अर्जेन्टिनामा हाम्रा मानिसहरूसँग खेल्नु सधैं आनन्दको कुरा हो। हामी धेरै वर्षदेखि एकपछि अर्को खेलको आनन्द लिइरहेका छौं। म धेरै खुसी छु। यसरी यहाँ खेल सक्न पाउनु नै मैले सधैं सपना देखेको थिएँ।’
अनुभवी टोली
यसपालीको विश्वकपमा अर्जेन्टिनाको टोलीमा कतारमा उपाधि जितेका २६ खेलाडीमध्ये १७ खेलाडी छन्। मेस्सीलाई सहयोगी भूमिकामा सीमित गरे पनि अर्जेन्टिनासँग विश्वकप जित्ने अनुभव र प्रतिभा छ।
इन्टर मिलानको लाउटारो मार्टिनेज एक उत्कृष्ट सेन्टर फरवार्ड बनेका छन्। उनी १७ गोलका साथ सेरी ए का शीर्ष स्कोरर थिए।
मिडफिल्ड प्रिमियर लिग र ला लिगाको गुणस्तरले भरिपूर्ण छ। लिभरपुलका एलेक्सिस म्याक एलिस्टरको कुशलता र रचनात्मकतादेखि चेल्सीका एन्जो फर्नान्डेजको बक्स–टु–बक्स गतिशीलता र आक्रामकता र एट्लेटीका रोड्रिगो डे पलको बहुमुखी ऊर्जासम्म टीममा अटाएका छन्।
डिफेन्स निकोलस ओटामेन्डी र क्रिस्चियन रोमेरो जस्ता कडा–ट्याकलिङ, टिकाउ सेन्टर–ब्याकहरूले भरिएको छ। यद्यपी टीममा उच्च गुणस्तरका फुल–ब्याकहरूको अभाव छ।
उदीयमान प्रतिभा
अर्जेन्टिनाको टोलीमा आक्रमणकारी प्रतिभाको नयाँ पुस्ता देखा पर्न थालेको छ।
निको पाज एक अत्यधिक चर्चित आक्रमणकारी मिडफिल्डर हुन् जसले कोमोसँग सिरी ए मा राम्रो सिजन खेले। प्रतिभाशाली २१ वर्षीय भ्यालेन्टिन बार्को पनी टीममा छन्।
प्रशिक्षक लियोनेल स्कालोनीले १८ वर्षीय फ्रान्को मास्टान्टुओनोलाई बाहिर राखेका थिए। फ्रान्कोले यस सिजन रियल म्याड्रिडका लागि प्रभावशाली प्रदर्शन गरेका थिए। यस्तै, चेल्सीका इलेक्ट्रिक विंगर अलेजान्ड्रो गार्नाचो पनि टोलीमा परेनन्।
स्कालोनी मार्गदर्शनमा स्थिरता
अर्जेन्टिनाले स्कालोनीको मार्गदर्शनमा स्थिरता र पहिचान पाएको छ। उनलाई सुरुमा २०१८ मा अन्तरिम आधारमा नियुक्त गरिएको थियो।
उनी आफ्नो क्षमतामा रहेका खेलाडीहरूलाई राम्रोसँग प्रयोग गर्छन्। उनीसँग उत्कृष्ट व्यवस्थापन सीपहरू र रणनीति छन्। उसले बनाएका स्मार्ट टोलीले दुई कोपा अमेरिका र एक विश्वकप उपाधि जितिसकेको छ।
ब्राजिलमाथि ४–१ को जित सहित उत्कृष्ट प्रदर्शन गर्दै अर्जेन्टिनाले आफ्नो छनोट समूहको शीर्ष स्थानमा रह्यो। यदि स्कालोनीको मार्गदर्शनमा अर्जेन्टिनाले लगातार विश्वकपको उपाधि चुम्यो भने उनी १९३४ र १९३८ मा इटालीका भिटोरियो पोज्जो पछि यस्तो गर्ने पहिलो प्रशिक्षक हुनेछन्।
अर्जेन्टिनाको समूह कस्तो देखिन्छ ?
समूह जेमा रहेको अर्जेन्टिनाको समूहचरण सहज देखिन्छ। यद्यपि, कतारमा भएको विश्वकपमा समूह चरणमा टोली साउदी अरेबियासँग पराजित भएको थियो।
विश्व वरियतामा २८ औं स्थानमा रहेको अल्जेरियाको पहिलो परीक्षण कठिन हुनेछ भने २४ औं स्थानमा रहेको अस्ट्रिया पनि कुनै दबाबमा छैन।
आफ्नो पहिलो विश्वकप खेलिरहेको जोर्डन समूहको कमजोर टोली हो, र यदि पहिलो दुई टोली योजना अनुसार खेले भने स्कालोनीले अन्तिम समूह खेलमा केही प्रमुख वा पुराना खेलाडीहरूलाई आराम दिन सक्छन्।
अर्जेन्टिनाको समूह चरणको पहिलो खेल जुन १६मा अल्जेरियाविरुद्ध कान्सास सिटीमा खेल्नेछ। दोस्रो खेल जुन २२मा अस्ट्रियाविरुद्ध टेक्सासमा र तेस्रो खेल जुन २७मा जोर्डनविरुद्ध टेक्सासमा खेल्नेछ।
अर्जेन्टिनाको पूरा टोली
गोलकिपरः इमिलियानो मार्टिनेज, जेरोनिमो रुल्ली, जुआन मुसो
डिफेन्डरः गोन्जालो मोन्टिएल, नाहुएल मोलिना, लिसान्ड्रो मार्टिनेज , निकोलस ओटामेन्डी, लियोनार्डो बालेर्डी, क्रिस्टियन रोमेरो , फाकुन्डो मेडिना, फाकुन्डो मेडिना
मिडफिल्डरः लिआन्ड्रो परेडेस, रोड्रिगो डे पाउल , एक्क्विएल पालासियोस , एन्जो फर्नान्डेज, एलेक्सिस म्याक एलिस्टर , जियोभानी लो सेल्सो, भ्यालेन्टिन बारको
फरवार्डहरूः लियोनेल मेस्सी, निकोलस पाज, थियागो अल्माडा , निकोलस गोन्जालेज, जुलियन अल्भारेज, जिउलियानो सिमोन , लाउटारो मार्टिनेज , लोटारो मार्टिनेज।



