काठमाडौं : संवैधानिक परिषद्ले प्रधानन्यायाधीश सिफारिस गर्दा वरीयता मिचेको भन्दै सर्वोच्च अदालतमा रिट पेस भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता विपिन ढकाल र डा. प्रेम सिलवालले छुट्टाछुट्टै रिट पेस गरेका हुन् ।

संवैधानिक परिषद्को निर्णय प्रथम दृष्टिमै संविधानको आधारभूत मर्म विपरीत देखिएकाले रिट दर्ता गर्न लागेको त्रिपाठीले बताए । त्रिपाठीले वारेशमार्फत पेस गरेको रिटमा भनिएको छ, ‘प्रवृत भावना राखी विना कुनै तर्कपूर्ण आधार संवैधानिक परिषदले गरेको मिति २०८३ वैशाख २४ गतेको सिफारिस प्रथम दृष्टिमै संविधानको आधारभूत मर्म विपरीत,बदनीयतपूर्ण एव स्वेच्छाचारी भएकोले संविधानको धारा १३३(२) (३) बमोजिम उक्त निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी प्रथम वरीयतालाई सिफारिस गर्नु भनी परमादेश समेत जारी गरी पाऊँ ।’ संवैधानिक परिषद्ले बिहिबार र्चौंथो वरियताका मनोज शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । उक्त निर्णय गलत भएको भन्दै परिषद्मा २ सदस्यले लिखित असहमति राखेका थिए । परिषद् अध्यक्ष समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले वरिष्ठताको वरियता मिच्दै शर्माको नाम सिफारिस गरेका थिए ।

प्रधानन्यायाधीश सिफारिस भएका डा। मनोज शर्माको संसदीय सुनुवाइ आजैबाट सुरु हुने भएको छ । संसदीय सुनुवाइका लागि आज दिउँसो ४ बजेका लागि बैठक आह्वान भएको छ । सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको कार्यकक्षमा बैठक बस्न लागेको हो ।

बैठकमा प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउने कार्यसूची तय भएको छ । शर्मालाई हिजो  बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीश नियुक्ति गर्न सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको