काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले सरकारलाई ‘स्टन्ट’ गरेर समय खेर नफाल्न सुझाव दिएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उनले समय बर्बाद गरेर नवयुवाको भावना सम्बोधन गर्न नसकिने बताए । “सरकार एक्सनमा जाओस् । तर, स्टन्ट गरेर समय बर्बाद नगरोस् । ट्रायल, स्टन्ट गरेर राज्यको समय बर्बाद गर्यौं भने हामीले नवयुवाको भावना सम्बोधन गर्ने अवस्था आउँदैन,” उनले भने ।
सांदल दुलालले राज्यबाट पछाडि पारिएको दलित समुदायप्रति माफी मागेको विषय स्वागतयोग्य भएको बताए ।सभामुखमा निर्वाचित डोलप्रसाद अर्याललाई शुभकामना दिँदै उनले तटस्थताको अपेक्षा गरिएको बताए । ‘यो बहुमतको पेलान गर्ने थलो नहोस्’ उनले भने ।
जेनजी आन्दोलन व्यवस्थाको विरुद्ध नभएर अवस्था परिवर्तनका लागि भएको भनेर उनले त्यसअनुसारको व्यवहार हुनुपर्ने बताए ।



