इश्वर अर्याल / हालै एक अन्तर्वार्तामा रास्वपाका सांसद पुकार बमले ‘जिउँदो छन् भने जीबी राईलाई ल्याइने’ दाबी गरेको भिडियो क्लिप जताततै भाइरल छ । ‘जिउँदो छन् भने’ भन्ने शर्त नै अचम्मको छ । ‘मलेसिया माई सेकेन्ड होम’ स्कीम अन्तर्गत जीबी राईले यहाँको पैसा हुण्डीमा कन्भर्ट गरेर क्वालालम्पुरको देशापण्डनमा आलिशान अपार्टमेन्ट किनेर बसेका छन् । मलेसियाले ल्याएको उक्त स्कीम टन्न पैसा लैजान सक्ने विदेशीहरूका लागि हो ।

जीबी कानूनतः त्यहाँको नागरिक हुन् र मलेसियाले कुनै हालतमा उनलाई नेपाल सुपुर्दगी नगर्ने स्पष्ट छ । अझ जीबीको आइडेन्टिटी नै परिवर्तन भएको चर्चा पनि चलेको छ । उनले प्लास्टिक सर्जरी पनि गरेका हुन सक्छन् । मलेसियाले व्यापारी व्यवसायीहरूको सुरक्षा राम्रोसँग गर्छ, नेपालजस्तो आगो लिएर झोस्न जाने खालको वातावरण त्यहाँ छैन । रह्यो कुरा, जिउँदो कि मरेको रु जीबीको परिचय मेटिएर र नयाँ परिचय बनेपछि जिउँदो र मरेको भन्ने बहस व्यर्थ छ । यो सरकारले जीबीलाई नेपाल ल्याउन सक्ला भनेर सोच्नुपर्ने कुनै आधार छैन । जीबीविरुद्ध सूर्यदर्शन सहकारीमार्फत १ अर्ब ११ करोड १ लाख रुपैयाँ ठगी गरेको आरोप छ । प्रहरीले इन्टरपोलमा जीबीसहित पूर्वअध्यक्ष भुपेन्द्र राई, वर्तमान अध्यक्ष थानबहादुर बुढामगरविरुद्ध समेत डिफ्यूजन नोटिस जारी गरेको ३ वर्ष हुन लागिसक्यो ।

गृहमन्त्री हुँदा रवि लामिछानेले जीबी राई मलेसियामा रहेको र उनी बसेको ठाउँबारे जानकारी प्राप्त भइसकेको दाबी गरेका थिए । २ वर्षअघि रविले आफ्नै पार्टीको कार्यक्रममा सहकारी ठगेर फरार भएका जीबी राईलाई जहाँ बसेको भए पनि समाएर ल्याउने भनेपछि हुरुरु ताली आएको थियो । उनले भनेका थिए -आकाशमा होस्, पातालमा होस्, समाएर ल्याउँछौँ, समय लाग्ला, कसले भगायो, त्यो पनि खोज्छौँ । अब पालो आएको छ- कहाँबाट ल्याउने हो, कसरी ल्याउने हो । लामिछानेले कि त त्यतिबेला झुट बोलेको हुनुपर्यो, थाहा छ भनेर । कि त, अब ल्याएर देखाउनुपर्यो ।

डिफ्यूजन नोटिस जारी भएपछि इन्टरपोलका १९६ देशले सम्बन्धित व्यक्ति आफ्नो मुलुकमा भएरनभएको सूचना प्रदान गर्छन् । जीबी मलेसियामा लोकेट भएको सूचना इन्टरपोल मलेसियाले एनसीबी काठमाडौंलाई पठाएको त छ तर, पक्राउ गरेर नेपाललाई सुपुर्दगी गर्न कुनै पहल गरेको छैन ।

जीबी राई कहाँ छ, रवि दाइलाई थाहा छ।

गृहमन्त्री हुँदा रवि लामिछानेले जीबी राई मलेसियामा रहेको र उनी बसेको ठाउँबारे जानकारी प्राप्त भइसकेको दाबी गरेका थिए । २ वर्षअघि रविले आफ्नै पार्टीको कार्यक्रममा सहकारी ठगेर फरार भएका जीबी राईलाई जहाँ बसेको भए पनि समाएर ल्याउने भनेपछि हुरुरु ताली आएको थियो । उनले भनेका थिए -आकाशमा होस्, पातालमा होस्, समाएर ल्याउँछौँ, समय लाग्ला, कसले भगायो, त्यो पनि खोज्छौँ ।

अब पालो आएको छ- कहाँबाट ल्याउने हो, कसरी ल्याउने हो । लामिछानेले कि त त्यतिबेला झुट बोलेको हुनुपर्यो, थाहा छ भनेर । कि त, अब ल्याएर देखाउनुपर्यो ।
(पत्रकार अर्यालको फेसबुकबाट)

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको