काठमाडौं : भदौ २३-२४ गतेको सम्पन्न जेन-जी आन्दोलनका शहीद परिवारका सदस्यलाई रोजगारी दिने निर्णय कार्यान्वयनमा आएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रीको जिम्मेवारीमा रहँदा, कुलमानको अध्यक्षतामा गत पुस २२ गते बसेको नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकले यो महत्वपूर्ण निर्णय गरेको थियो।

जेन-जी शहीद परिवारका २७ जनाबाट प्राप्त निवेदनको आधारमा, उनीहरूको यकिन गरी पायक पर्ने प्राधिकरण कार्यालयहरूमा शैक्षिक योग्यताअनुसार बढीमा तीन तहसम्म करार नियुक्ति दिने व्यवस्था गरिएको छ।

सरकार र जेन–जी आन्दोलनका प्रतिनिधिबीच भएको सम्झौता, मन्त्रिपरिषद्बाट स्वीकृत सहायता सम्बन्धी कार्यविधि तथा शहीद परिवारका सदस्यहरूको निवेदनका आधारमा यो निर्णय गरिएको हो।

शहीदहरूको अमूल्य योगदानको सम्मान गर्दै, परिवारप्रति राज्यको उत्तरदायित्व पूरा गर्ने यो कदम अझ प्रभावकारी र शीघ्र कार्यान्वयन गर्न कुलमानले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको