काठमाडौ : काठमाडौं क्षेत्र नं-१ मा रञ्जु न्याैपाने निर्वाचित भएकी छन् । उनले पूर्वसहकर्मी, राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई फराकिलाे मतान्तरले पराजित गरिन् ।

याे पराजयसँगै काठमाडौ १ मा मिश्रले हारमा हयाट्रिक गरेका छन् । उनी ०७४ र ०७९काे चुनावमा कांग्रेसका प्रकाशमान सिंहसँग पराजित भएका थिए । यसपटक जित्ने दाबी गरेका मिश्रले हार स्विकार्दै विजेता रञ्जुलाई बधाई दिएका छन् ।

०६४ देखि कांग्रेसले जितेकाे याे क्षेत्रमा कांग्रेस उम्मेदवार प्रबल थापा पनि पराजित भएका छन् ।

काठमाडौं क्षेत्र नं. १, कसले कति पाए मत ? 

रन्जु दर्शना न्यौपाने (राष्ट्रिय स्वतन्त्र पार्टी): १०,५८१ मत

प्रबल थापा क्षेत्री (नेपाली कांग्रेस): ४,७३३ मत

रवीन्द्र मिश्र (राष्ट्रिय प्रजातन्त्र पार्टी): २,७४४ मत

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको