दाङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले इतिहासको हरेक मोडमा कांग्रेसले देशलाई निकास दिने सामर्थ्य प्रस्तुत गरेको गरेको बताएका छन् । उपसभापति शर्माले अब भिन्न पुस्तासँग पनि समन्वय गरेर देशलाई आजको अवस्थाबाट नयाँ विश्वासको चरणमा पुर्‍याउने क्षमता कांग्रेसले राख्ने बताए ।
बुधवार नेपाली कांग्रेस जिल्ला कार्यसमिति दाङले आयोजना गरेको जिल्लास्तरीय बृहत् भेलालाई सम्बोधन गर्दै उपसभापति शर्माले अहिलेको अवस्थामा नेपाली मतदाताले गम्भीर भएर लिनुपर्ने समेत बताए ।

उनले भने, ‘संविधानसभाको दोस्रो निर्वाचन ०७० बाट कांग्रेस पहिलो दल बन्यो, दुई वर्षभित्रै देशले संविधान पायो । आज नेपाली मतदाताले गम्भीर भएर निर्णय लिनुपर्छ । ०६४ मा झैँ गल्ती गर्ने कि ०७०मा झैँ विवेक पुर्‍याउने ? किनकि मुल प्रश्न कुन दलले जित्ने भन्ने होइन, मूल प्रश्न विषम परिस्थितिबाट देशलाई नवीन निकासमा कसले पुर्‍याउन सक्छ भन्ने हो ।’उनले यसलाई ऐतिहासिक तथ्यका आधारमा केलाउन र बुझ्न जरुरी रहेको समेत बताए ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर