काठमाडौं : नेपाली कांग्रेसका युवा नेता मनाेज वैद्यले काठमाडौं ४ मा उम्मेदवार छनाैटमा असहमति जनाएका छन् । काठमाडौं ४ बाट जित्दै आएका गगन थापा सर्लाही ४ मा उमेदवार बनेपछि याे क्षेत्रमा स्थानीय भूगाेलमा काम गरेकालाई टिकट दिनुपर्ने माग भएकाे थियाे । तर, थापाले आफू निकट सचिन तिमल्सिनालाई टिकट दिएपछि स्थानीय नेताहरू रुष्ट देखिएका छन् ।
काठमाडौं ४ कै स्थानीय, कांग्रेस महासमिति सदस्य रहेका नेता वैद्यले आयातित उमेदवार नस्विकार्ने सार्वजनिक रूपमै उद्घाेष गरेका छन् । `काठमाडौं निर्वाचन क्षेत्र न.४ मा नेपाली कांग्रेसलाई आयातित उम्मेदवार स्विकार्य छैन ,के सबै काठमाडौं क्षेत्र न .४ का कांग्रेसीहरु लास र दास बन्न तयार हो ?´, उनले साेधेका छन् ।
काठमाडौं ४ मा भूगाेलमा काम गरेका अरू क्षेत्रका नेता पनि रुष्ट रहेका छन् । क्षेत्रीय समितिका एक पदाधिकारीले उमेदवारी दर्तामा समेत सहभागी नहुने बताएका छन् ।



