काठमाडौँ : नेपाली कांग्रेसलाई कमजोर पार्न चाहने राष्ट्रिय र अन्तर्राष्ट्रिय स्वार्थलाई रोक्न नसकिएको बताएका छन् ।
आज एक अपिल जारी गर्दै नेता कोइरालाले यसबीच दृश्यमा देखिएका र नदेखिएका अनेक अन्तरविरोधबाट आफूहरु गुज्रनुपरेको उल्लेख गरेका छने ।’राजधानीमा षडयन्त्रको अनेकन् राष्ट्रिय र अन्तर्राष्ट्रिय तानाबाना बुनिए र कांग्रेसलाई कमजोर पार्न चाहनेको स्वार्थलाई हामीले रोक्न सकेनौँ,’ उनले भनेका छन् ।
कांग्रेस एक भएर आसन्न निर्वाचनमा होमिनुपर्छ भन्नेमा सबैको इमानदार प्रयास रहे पनि त्यसो हुन नसकेको कोइरालाले उल्लेख गरेका छन् । ‘कांग्रेसलाई एकताबद्ध राख्ने हाम्रो भगीरथ प्रयास सफल हुन सकेन । यसको पछाडि को दोषी को निर्दोष भन्ने कुरा गरेर राष्ट्रिय राजनीतिलाई थप धूमिल पार्न म चाहन्न । हामी सबै कहीँ न कहीँ चुकेको कुरा स्वीकार्न मलाई कुनै संकोच छैन ।’
केही व्यक्ति र समूहले बीपी कोइरालालाई छाडेर गएको स्मरण गर्दै उनले भनेका छन्, ‘बीपी कोइराला नियतिमा विश्वास गर्नुहुन्थ्यो । म आज यतिखेर कांग्रेस एकढिक्का भएर अगाडि बढ्न नसक्नुलाई पनि त्यही नियतिको कठोर सत्य भनेर बुझ्छु ।’



