काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेेष महाधिवेशनस्थल भृकुटीमण्डप नजाने भएका छन् । साेमबार विहान उनकाेेे सचिवालयले यस्ताे जानकारी दिएकाे हाे ।
`सामाजिक संजालमा केही व्यक्तिहरुले भ्रम फैलाउने उदेश्यले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाज्यू आज भृकुटीमण्डप जाने भन्ने गलत सुचना प्रवाह गरेकोमा सचिवालयको गम्भीर ध्यानकर्षण भएको छ´, सचिवालयले भनेकाे छ, `उक्त कार्यक्रममा पार्टी सभापति जाने कुनै पनि कार्यक्रम नरहेको स्पष्ट गर्न चाहन्छौं।´


