काठमाडौं । कलंकीस्थित शहीद  मेमोरियल अस्पतालमा भएको अनियमितताको आरोप लगाएकोमा डा. दीपक श्रेष्ठले गम्भिर आपत्ती जनाएका छन् । अस्पतालको संचालक समिति चयनका लागि शनिवार निर्वाचन हुँदैछ । सोही निर्वाचनमा अध्यक्षको आकांक्षी श्रेष्ठलाई रोक्न वर्तमान संचालक समितिले आफूहरुले नै स्थापना गरेको २ प्रतिशत फन्डको पैसा अपचलन गरेको झुटो आरोप लगाएको बताएका छन् ।

वर्तमान संचालक समितिका अध्यक्ष गणेश गुरुङलगायतकाले निर्वाचनमा रोक्न यस्तो अनैतिक र झुटो आरोप लगाएको उनकाे दाबी छ ।

‘अस्पतालमा कुनै समस्या भएमा प्रयोग गर्न सकिन्छ भनेर २ प्रतिशत फन्ड सुरु गर्ने मान्छे मै हो । त्यतीबेला अध्यक्ष गुरुङलाई त्यसमा बस्नुस् भन्दा तपाई र लेखा बस्नु भनियो । २०७४ देखि यो सुरु भयो । यसका उदाहारणका लागि कुनै डक्टरले सेवा शूल्क वापत १०० रुपैयाँ पाउँछन् भने ७० रुपैया लन्छ ३० रुपैयाँ आफू लैजान्छन् । तर मैले २०६५ देखि ६० प्रतिशतमा काम गरिरहेको छु । ४० प्रतिशत अस्पतलालाई दिन्छु । त्यसबाट १५ प्रतिशतमा कर काटेपछि आउने रकमबाट २ प्रतिशत फन्डमा जम्मा गछौ । त्यो रकम अस्पतलाको हरेक कार्यक्रम पिकनिक, तीज, साधारणसभा वा अस्पताललाई अप्ठ्यरो पर्दा प्रयोग गर्दै आएका छौं ,’डा श्रेष्ठले भने ।

फन्डको रकम आधा अस्पतलामा र आधा कुमारी बैंकमा खाता खोलेर राखिएको छ। त्यो पैसा एक रुपैयाँ पनि आफूले व्यक्तिगत लाभका लागि उपयोग नगरेको उहाँको दाबी छ । विगत लामो समयदेखि काम गरेर अस्पतालालाई यो अवस्थामा ल्याएको अध्यक्ष गुरुङले पटकपटक धन्यावद दिएको र डा दीपक नभई अस्पताल चलाउन सकिन्न भन्ने अध्यक्षले नै अहिले आफूले अध्यक्षमा दाबी गरेपछि अनेक षड्यन्त्र गर्दै झुटा समाचारहरु लेखाउँदै हिडेको उनकाे गुनासो छ ।

अहिलेका व्यवस्थापनबाहेक अरुलाई अध्यक्ष छोड्न तयार : श्रेष्ठ 
म अब अध्यक्ष उठ्न लागेको छु । अध्यक्ष उठेर मलाई व्यक्तिगत लाभ छैन, पैसा पनि आउँदैन । तर अहिलेको व्यवस्थापनको मान्छे आए भने अस्पतला चल्दैन । अहिलेका व्यवस्थापनका सबै पदाधिकारी अध्यक्षको अनुकुलमा चल्नु हुन्छ । यतीसम्म की अस्पतलाको भ्यान समेत व्यक्तिगत काममा समेत प्रयोग गरिएको प्रमाण मसँग छ । त्यसकारण अस्पताल चलाउने हो भने  उहाँहरु बाहेक अरु जो कोही अध्यक्षमा दाबी गर्नुहुन्छ भने म ब्याक हुन तयार छु ।  मेरो इच्छा छैन । म डाक्टर हो म बिरामीको उपचारमै रमाउँछु ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको