काठमाडौ : मानवअधिकारवादी नागरिक अगुवा चरण प्रसाईँले रास्वपा र काठमाडौंका मेयर बालेन शाहबिचकाे एकताले वैकल्पिक शक्तिका नाममा दण्डहीनता फस्टाउने चिन्ता व्यक्त गरेका छन् । आइतबार विहान बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टीमा समाहित भएका थिए । त्यसलगत्तै प्रसाईले दण्डहीनता बढ्ने चिन्ता व्यक्त गरेका हुन् ।
उनले भनेका छन्- `वैकल्पिक शक्तिको नाममा दण्डहीनता फस्टाउँने ठाँउ मैले यस सम्झौताबाट देखेको छु। राजनीतिक आडमा पीडित नागरिकलाई प्रताडीत गर्ने सम्भावना बलियो भएको महशुस गरेको छु। बालेन-रवि जोडीले पीडितलाई थप अन्यायमा पार्ने अर्को शक्तिका रूपमा उदाउँने अर्थ लगाएको छु।´
सहमति पत्रमा भदाै २३ र २४ गतेकाे जेनजी आन्दोलनकाे स्वामित्व लिने निर्णय गरेकाे छ ।
प्रसाईले लेखेका छन् –
रास्वपा र बालेन बिचको सम्झौता-
बालेनलाई नभित्राई रास्वपाको अर्थ नभएको प्रतिवेदन बुझाएपछि निस्कासनमा परेका डा.मुकुल ढकालको पथ हो, यसमा दुविधा छैन । यसलाई रास्वपा र आमसचेत नागरिकले कसरी समिक्षा गर्लान? समयले बताउला।
वैकल्पिक शक्तिको नाममा दण्डहीनता फस्टाउने ठाँउ मैले यस सम्झौताबाट देखेको छु। राजनीतिक आडमा पीडित नागरिकलाई प्रताडीत गर्ने सम्भावना बलियो भएको महशुस गरेको छु।
बालेन-रवि जोडीले पीडितलाई थप अन्यायमा पार्ने अर्को शक्तिका रूपमा उदाउने अर्थ लगाएको छु।
यो मिलन सुशासनको लागि हो वा गैरसमर्थक नागरिक/पीडितलाई लौरो उठाउँने अर्को राजनितिक रणनीति हो? प्रश्न गरौ।
के छ रवि-बालेन सहमतिमा ?


