काठमाडौं : उच्च सरकारी वकिल कार्यालय ललितपुरले प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचनलगायतलाई हाजिर जमानीमा छाडेको छ । यो घटनाबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले थालेको मुद्दा कमजोर भएको दावीलाई थप बल पुगेकाे छ ।
उच्च अदालत पाटनका न्यायाधीशहरु चन्द्रबहादुर सारु र गीताप्रसाद तिम्सिनाको गत हप्ताको संयुक्त इजलासले पाँच दिनभित्र बयान सक्न अन्तिम पटक प्रहरीलाई म्याद थपको अधिकार दिएको थियो । तर अरुलाई तोकिएको समयभित्र काम नसकेको भन्दै डण्डा बर्साउने सिआइबीले तोकिएको समयसीमाभित्र अनुसन्धान सम्पन्न गर्न नसकेपछि शेरचनलगायत आधा दर्जन कर्मचारी स्वतः हाजिर जमानीमा छुटेका छन् ।

