काठमाडाैं : नेपाली कांग्रेसका नेता कुन्दनराज काफ्लेले केन्द्रीय समितिमा रहेकाहरू स्वत: प्रतिनिधि हुने व्यवस्था खारेज गर्न माग गरेका छन् । कांग्रेस केन्द्रीय सदस्य काफलेले यस्ताे व्यवस्था लाेकतन्त्रकाे मान्यताविपरित भएकाे बताए ।
`लोकतन्त्रमा हरेक पद, हरेक प्रतिनिधी र हरेक जिम्मेवारीको समयसीमा हुन्छ। यो आवधिक हुन्छ। यो पुनः अनुमोदन हुनुपर्ने हुन्छ। तर लोकतन्त्रको खसोखास गरीमा र सौन्दर्यको पर्याय हाम्रो दल नेपाली काँग्रेसमा केन्द्रीय संरचनामा छानिएका र तानिएका हिस्सेदारहरु स्वतः महाधिवेशन प्रतिनिधी हुने व्यवस्था हाम्रो दलको चरित्रसँग मिल्दो छैन,´ कांग्रेस नेता काफ्लेले भने, `सिधा भन्दा– कुनै पनि व्यक्ति पार्टीको महाधिवेशनमा स्वतः प्रतिनिधि हुने प्रावधान खारेज हुनुपर्छ। जोसुकै होस्, जहाँको होस्, जे पदको होस्– उसले महाधिवेशन प्रतिनिधि बन्नका लागि जनअनुमोदनको प्रक्रिया छिचोल्न पर्छ। नयाँ महाधिवेशनअघि यस्तो विरोधाभाषपूर्ण प्रावधान खारेज होस् भन्ने माग सकल कांग्रेस समक्ष राख्न चाहन्छु।´



