दक्षिण कोरियामा कार्यरत नेपाली श्रमिक र विद्यार्थीहरूलाई एकतामा बाँध्ने उद्देश्यका साथ `नेपाली श्रमिक तथा विद्यार्थी युनियन´ आज आधिकारिक रूपमा गठन गरिएको छ।

युनियनले श्रमिक र विद्यार्थीबीच आपसी एकता, सहकार्य र सहअस्तित्व मजबुत बनाउँदै हक–अधिकार, समस्या र आवश्यकतामा साझा आवाज उठाउने लक्ष्य लिएको छ। साथै, नयाँ आउने नेपालीहरूलाई आवश्यक जानकारी, सहयोग र मार्गदर्शन प्रदान गर्दै जिम्मेवार र सकारात्मक सामाजिक भूमिका निर्वाह गर्ने उद्देश्य राखिएको छ।

नवगठित कार्यसमितिको अध्यक्षमा डा. केशवराज भट्टराई चयन भएका छन्। त्यस्तै वरिष्ठ उपाध्यक्ष प्रदिप भट्टराई, उपाध्यक्ष सुर्य भट्टराई,महिला उपाध्यक्ष राधा थापा, महासचिव,आयुषा पाण्डे सचिव,प्रकाश कार्की,कोषाध्यक्ष, टेक बहादुर बटला चयन भएका हुन ।

यस सस्थाको संरक्षक ओत्से लिम्बूले नब गठित सस्थाले विद्यार्थी र कामदारको समस्यालाई वैज्ञानिक तरिकाले समाधान गर्ने र कोरियामा स्थापना भएका अरु सस्था भन्दा उदाहरणीय काम गर्ने बताएका छ्न । त्यस्तै यस सस्थाको अध्यक्ष डा. केशवराज भ्ट्टराईले यो सस्था विद्यार्थी र श्रमबीच पुल बन्ने बताएका छन । यसैगरी यस संस्थाकी महासचिव आयुषा पाण्डेले सिकाईको लागि घर भन्दा टाढा भएपनि यो सस्थालाई सिकाईको माध्यम बनाउने बताएकी छिन् ।

युनियनले आगामी दिनमा कोरियामा रहेका सम्पूर्ण नेपाली श्रमिक तथा विद्यार्थीहरूको सक्रिय सहभागिता र सहयोगको अपेक्षा गर्दै आफूलाई प्रभावकारी र उदाहरणीय संस्थाका रूपमा स्थापित गर्ने सस्थाका वरिष्ठ उपाध्यक्ष प्रदीप भट्टराईले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको