साेलु : नेपाली कांग्रेस साेलुखुम्बुबाट प्रतिनिधिसभा समानुपातिकतर्फ युवा नेतृ गीता गुरूङकाे नाम सिफारिस भएकाे छ । गुरूङ कांग्रेस महाधिवेशन प्रतिनिधि एवम् नेविसंघ केन्द्रीय सदस्य हुन् ।

अन्तरास्ट्रिय सम्बन्ध विषयमा स्नातकाेतर गरेकी गुरूङकाे नाम नेपाली कांग्रेस जिल्ला कार्यसमिति साेलुखुम्बुकाे बैठकले केन्द्रमा सिफारिस गरेेर पठाएकाे हाे । यसअघि उनी काेशी प्रदेश सांसदमा सिफारिस भएकी थिइन् ।

त्यस्तै,  समानुपातिकतर्फ गुरूङसहित छत्रध्वज बस्नेत, छिन्डिल्हमु शेर्पा, अशोक झा, सरला नाछिरिङ, एककुमारी बस्नेत, पूजा फुँयाल र दुर्गाप्रसाद दर्जी सिफारिस भएका छन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर