काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले भदौ २३ र २४ को घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने बताएका छन् । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई शुभकामना मन्तव्य दिँदै खड्काले मुलुकको विषम परिस्थितिलाई राजनीतिक दलहरू एक ठाउँमा उभिएर लिकमा फर्काउन सक्नुपर्ने बताए ।

मुलुकका राष्ट्रिय धरोहरदेखि सन्त नेता कृष्णप्रसाद भट्टराईको आश्रम समेत खरानी बनाएको भन्दै खड्काले यी सबै काम किन भए भनेर प्रश्न गरे ।

‘यी विषयमा हामी सबै राजनीतिक दलले निधार खुम्च्याएर, गम्भीर भएर, जिम्मेवारी बोध गरेर नयाँ सङ्कल्प, दृष्टिकोण र सोचका साथ राज्य प्रणालीमाथिको आक्रमणविरुद्ध एकताबद्ध भएर पुनर्निर्माण, भरोसा र डिरेल भएको संविधानलाई लिकमा ल्याएर जनताको अधिकारको रक्षाका लागि सबै दल एक भएर लाग्नुपर्ने छ’, खड्काको भनाइ छ ।

नेता खड्काले संवैधानिक निकासका लागि सर्वोच्चको आदेश पर्खने र सँगसँगै निर्वाचन भए निर्वाचनमा जानेगरी निर्णय गरेको बताए ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको