धादिङवेशी : धादिङ क्षेत्र नं.–१ बाट संघीय सांसदका उम्मेदवारका रूपमा युवा नेता मनाेजकुमार श्रेष्ठसहितका नेताहरूकाे नाम सिफारिस भएकाे छ । नेपाली कांग्रेस जिल्ला कार्य समिति, धादिङद्वारा गैरआवासीय नेपाली संघका केन्द्रीय उपाध्यक्ष, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि तथा नेपाली जनसम्पर्क समिति यूएईका प्रमुख सल्लाहकार श्रेष्ठकाे नाम सिफारिस भएकाे हाे ।
युवामाझ लाेकप्रिय, सामाजिक काममा सक्रिय श्रेष्ठलाई साे क्षेत्रमा बलियाे नेताका रूपमा हेरिएकाे छ । प्रवासमा रहेका नेपालीहरूले पनि श्रेष्ठकाे नाम सिफारिस भएकाेमा खुशी व्यक्त गर्दै उनलाई उम्मेद्वार बनाउन कांग्रेसलाई सुझाव दिइरहेका छन् । फागुन २१ गते प्रतिनिधिसभाकाे चुनाव हुँदैछ ।

