काठमाडौं : लायन्स क्लब्स् इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एफ, नेपालको प्रि–क्याबिनेट मिटिङ आज इन्द्रेणी सुइट होटल, बानेश्वरमा सम्पन्न भएको छ। कार्यक्रमका क्रममा क्याबिनेट अफिसरहरूले आफू अन्तर्गतका क्लबहरूको रिपोर्टिङ प्रस्तुत गर्नु भएको थियो ।

जसले डिस्ट्रिक्ट गतिविधिहरूको प्रगति, उपलब्धि तथा चुनौतीको स्पष्ट चित्र प्रस्तुत गर्यो। उपस्थित सबै पदाधिकारी, लायन सदस्यहरू तथा अतिथिहरूको सक्रिय सहभागिता, समर्थन र उत्साहजनक उपस्थितिले कार्यक्रमलाई अत्यन्तै सफल, अनुशासित र प्रभावकारी बनाएको छ। यसैक्रममा, सेकेन्ड डिस्ट्रिक्ट क्याबिनेट मिटिङ २०८२ मंसिर ५ गते (शुक्रबार)जर्मन हस्पिटालिटी इभेन्ट, गठ्ठाघरमा आयोजना गरिएको मार्केटिङ काेअर्डिनेटर अर्जुन कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको