काठमाडौं : संविधानविद् भीमार्जुन आचार्यले रातकाे समयमा दुर्गा प्रसाईलाई पक्राउ गरेकाे विषयमा सरकारसँग जवाफ मागेका छन् । उनले प्रसाईंकाे नाम उल्लेख नगरि रातकाे समयमा परिवारसँग रहेकाे व्यक्तिलाई पक्राउ गर्न नमिल्ने बताएका छन् । हिजाे मध्यराती प्रसाईं भक्तपुरस्थित निवासबाट पक्राउ परेका थिए ।
`अभिव्यक्ति स्वतन्त्रताका सीमा र मर्यादा हुन्छन्, त्यसको पालना र सम्मान हरेक व्यक्ति र नागरिकले गर्नु पर्छ । यसको नियमन राज्यले गर्न पाउॅंछ।तर, रातको समयमा परिवारसंग रहेको व्यक्तिलाई गिरफ्तार गर्नु कानूनतः बर्जित कार्य हो । नागरिक शासनको निकै ठूलो धब्बा पनि हो। यस्तो हर्कत गर्न सरकारलाई केले बाध्य बनायो ? जबाफ चाहियो सरकार !´, संविधानविद् आचार्यले लेखेका छन् ।



