काठमाडौं :हेलिकप्टरद्वारा उद्धार गरिएका प्रहरिलाई भेट्न प्रहरी महानीरिक्षक दननबहादुर कार्की अस्पताल पुगेका छन् ।
डोल्पामा अत्यधिक चिसो र हिमपातका कारण अलपत्र परि स्वास्थ्य समस्या जटिल बन्दै गएपछि ५ प्रहरीलाई उद्धार गरी उपचारको लागि ल्याईएकाे थियाे ।

उपचारारत प्रहरीहरुलाई भेट्न र स्वास्थ्य अवस्थाबारे जानकारी लिन आईजिपि कार्कि नेपाल प्रहरी अस्पतालमा पुगेका हुन् ।

विरामीकाे स्वास्थ्य अवस्थाकाे जानकारी लिएपछि कार्कीले अस्पतालमा उपचाररत अन्य बिरामी प्रहरी कर्मचारीहरू तथा आफन्तहरूसँग समेत भेटघाट गरि स्वास्थ्यस्थितिको जानकारी लिएका थिए ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर