काठमाडौं : जेनजी आन्दोलनपछि बनेकाे सरकारले सविता भण्डारीलाई महान्यायाधिवक्ता गर्याे । उनी नेपालकाे पहिलाे महिला महान्यायाधिवक्ताका रूपमा चर्चामा आइन् । तर, अहले उनी छाेरि जाेडिएकाे एउटा मुद्दाकाे विषयलाई लिएर विवादमा तानिएकी छन् ।
डिम्बको अवैध कारोबारमा महान्यायाधिवक्ता सविता भण्डारीको छाेरीसमेत संलग्न मुद्दा नचलाउने निर्णयपछि उनकाे आलाेचना भएकाे छ । महान्यायाधिवक्ता भण्डारीकी छोरी डा. प्रत्यूषा बराल र डा. स्वस्ति शर्माले सञ्चालन गरेको बबरमहलस्थित होप फर्टिलिटी क्लिनिक र महाराजगन्जको एन्जल फर्टिलिटी क्लिनिकका सञ्चालकविरुद्ध मुद्दा चलाउन सिआइबीले सिफारिस गरेकाे थियाे । १० हजारमा निमुखा किशोरीहरूको डिम्ब झिकेर २० लाखसम्ममा बिक्री गर्ने धन्दा चलाएकाे सिआइबी अनुसन्धानमा खुलेकाे थियाे ।
२५ दिनको अनुसन्धानपछि सिआइबीले घटनामा संलग्नविरुद्ध बालबालिका ऐन, २०७५ को दफा ६६(२) को ‘थ’ अन्तर्गत मुद्दा चलाउन सिफारिस गर्दै काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन पेस गरेको थियो । प्रतिवेदन लामो समय विचाराधीन राखिएकोमा असोज ३० गते महान्यायाधिवक्ता कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको पाइएकाे छ ।
जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता रामहरि काफ्लेले दुई आइभिएफ क्लिनिकका सञ्चालकविरुद्ध मुद्दा नचलाउने निर्णय भएको जानकारी दिए । ` महान्यायाधिवक्ता कार्यालयबाटै यस्तो निर्णय भएको हो,’ उनले भने ।
तर, भण्डारीले आफुुले मुद्दा नचफाउन दबाब नदिएकाे बताएकी छन्



