काठमाडौं। नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा दानबहादुर कार्की नियुक्त भएका छन्। मन्त्रिपरिषदको सोमबारको बैठकले  कार्कीलाई मुलुकको ३३ औं प्रहरी महानिरीक्षक नियुक्त गरेकाे हाे ।

आईजीपी चन्द्रकुवेर खापुङ ३० वर्षे सेवा अवधि पुरा गरेर अवकासमा गएपछि कार्की नियुक्त भएका हुन् । कार्कीसँगै एआईजीद्वय राजन अधिकारी र डा. मनोजकुमार केसी र सिद्धीबिक्रम शाह आईजीपीको दाबेदार थिए।

२०८२ वैशाखमा एआईजीमा बढुवा भएका कार्की वरीयता सूचीमा पहिलो नम्बरमा थिए। कार्की २०५४ चैत १८ मा प्रहरी महानिरीक्षकबाट सेवामा प्रवेश गरेका थिए। कार्कीले २०८४ चैत १७ सम्म प्रहरी संगठनको नेतृत्व गर्न पाउनेछन्।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको