काठमाडौं : युवा व्यवसायी सुमनराज पाण्डेकाे अध्यक्षतामा नेपाल वैदेशिक रोजगार युवा व्यवसायी संघ गठन भएकाे छ । वैदेशिक राेजगार व्यवसायमा सक्रिय युवा व्यवसायीहरूले औपचारिक रूपमा संघ स्थापना भएको साेमबार जानकारी गराएका हुन् ।
`वैदेशिक रोजगार व्यवसायमा सक्रिय नयाँ पुस्ताका व्यवसायीहरूलाई एकीकृत गर्दै “युवाको नेतृत्वमा गर्व गर्न लायक आधुनिक व्यवसाय” निर्माण गर्ने लक्ष्यका साथ यो संघ गठन गरिएको हो । वैदेशिक रोजगार व्यवसाय नेपालको अर्थतन्त्र, रोजगारी र सामाजिक गतिशीलताको मुख्य स्तम्भ भएकाले यस क्षेत्रमा पारदर्शिता, प्रतिस्पर्धा र प्रविधिको प्रयोगद्वारा सुधार आवश्यक महशुस भएको छ,´ अध्यक्ष पाण्डेले भने । पाण्डे सेक्युर नेपाल जब प्लेसमेन्ट प्रालिका अध्यक्ष हुन् ।
संघको मुख्य उद्देश्य वैदेशिक रोजगार क्षेत्रमा सक्रिय युवाहरूमाझ एकता र जिम्मेवारीको भावना जगाउँदै नैतिकता र व्यावसायिक इमानदारीको संस्कारको विकास गर्नु रहेकाे छ । संघले व्यवसायका सबै प्रक्रिया र अभ्यासलाई चुस्त, दुरुस्त र प्रविधिमैत्री बनाउँदै युवाहरूमाझ “एजेन्ट होइन, उद्यमी बन्ने संस्कार” विकास गर्ने प्रतिबद्धता जनाएको छ। अग्रज व्यवसायीहरूको अनुभव र नयाँ पुस्ताको नवप्रवर्तनलाई संयोजन गर्दै नीतिगत संवादमा युवाको सशक्त सहभागिता सुनिश्चित गरिने छ ।
हामी सबै व्यवसायी, अग्रज र साझेदार संस्थाहरूसँग सहकार्य, विश्वास र साझा प्रयासका माध्यमबाट वैदेशिक रोजगार क्षेत्रमा दीगो सुधार र सकारात्मक ऊर्जा प्रवाह गर्न हार्दिक आह्वान गर्दछौं । युवाको सोच, अग्रजको अनुभव र सबै व्यवसायीको एकताबाट मात्र विश्वसनीय र परिणाममुखी वैदेशिक रोजगार क्षेत्र सम्भव छ भन्ने हाम्रो विश्वास रहेको छ र त्यसरी नै यस क्षेत्रमा सकृय सम्पुर्णलाई सहयोग र सहकार्यको लागि हार्दिक अनुरोध गर्दछौँ ´, संघकाे विज्ञप्तिमा भनिएकाे छ ।
यस्ताे छ कार्यसमिति-
सुमनराज पाण्डे- अध्यक्ष
अभिनयमान सिंह बस्नेत – प्रथम उपाध्यक्ष
देवीप्रसाद गिरि – उपाध्यक्ष
कृष्ण ढकाल- महासचिव
अदनान सम्मद- सचिव
दीपा बुढाथोकी -काेषाध्यक्ष
सदस्य –
सराेज हुसेन
ध्रुव जिसि
फडिन्द्र कुमार केसी ( प्रशान्त)

