इ. अमृत ज्ञवाली । अङ्ग्रेजी साहित्यका विद्वान प्राध्यापक तथा चिन्तक प्रा अरुण गुप्तोले निकै सुन्दर ढंगले यसो लेखेको छन –
संसारभरीको राजनितिक परिदृश्य हेर्दा डेमोक्रेसी लाई खतरामा ल्याउने दुई वटा पक्ष देखिन्छन । पहिलो लामो समय सम्म शासन गरिरहने मोह । दोस्रो बिज्ञानलाई अस्विकार गर्ने चिन्तन । जनताको समर्थन लिएर जनतामाथी नै आजिबन शासन गरिरहने चाहाना शासकमा देखिन्छ । पहिले निरंकुशहरु चुनाबमा सामेल हुदैनथे , अहिले चुनाबी प्रक्रियामा सामेल भए जस्तो गर्छन । – संस्कृती चिन्तन १४९
अब नेपाली समुदायको कुरा हेरौ । मुलत २०४६ सालको परिवर्तन पछिको करिब ३५ बर्षको राजनितिक अनुहार सम्झिनु भयो भने अरुण गुप्तो सङ तपाई सजिलै सहमत हुनुपर्ने हो । असहमत हुने छुट त छदै छ नि ।
अब अहिले आएर डिमोक्रेसी जस्तो उन्नत र अधिक आबश्यकताको बिषय , उमेर जन्य , जात जन्य , भाषा जन्य , लिङ्ग जन्य आदि इत्यादीमा बिभक्त भएर , क्षत बिक्षत हुने अवस्थामा पुग्दै छ । डेमोक्रेसीले बिभाजन होइन उमेर , जात , भाषा , लिङ्ग सबैलाइ समानुभुती सहितको , सहभागितामुलक र समाबेशी चरित्र निर्माण गर्छ र गर्नु पर्छ । नेपाली काङ्रेसको निकै ठूलो जिम्मेवारी यहाँ नेर छ । यो हाम्रो दायित्व हो ।
हाम्रो डेमोक्रेसीको रमाइलो / नरामाइलो यो भै राखेको छ कि : पार्टीमा काम गर्ने युवा युवक नै पो होइनन कि , आउट साइडर मात्र युवा हुन ।उनिहरुको कुरा मात्रै सुनिनु पर्ने जस्तो जे देखिएको छ यस्को समालोचना गरौ ।होला पार्टीमा बसेर काम गर्ने हामीहरु कै समस्याले कतै यो निम्त्याएको पो हो कि ?
कतै हामी दल भित्रका युवा भन्दा बढी गोटि भयौ कि ? कतै चिन्तन चौतारी बाट ग्रुम हुन पर्नेमा दासताबाट ग्रुम भयौ कि ? पार्टी सदस्य कम गुट सदस्य ज्यादा भयौ कि ?पार्टी मेम्बर रहेको युबक देखेर अन्कमाल गर्नु पर्नेमा अन्कनाउने भयौ कि ? छलफल , बहस भन्दा बढी बल प्रदर्शनी नै सिढी हो भन्ने मा पर्यौ कि ? के के भयौ भयौ ।
प्रिय स्वनामधन्य युवा साथीहरु हो , डेमोक्रेसीको पक्षमा हातहरु मिलाउन ढिला नगरौ यार ।
( ज्ञवाली गुल्मीबाट कांग्रेस महासमिति सदस्य हुन् )

