काठमाडौं : नेकपा एमालेका नेता महेश बस्नेतले हामी नेपाल नामक संस्थाका संयाेजक सुदन गुरूङलाई देशद्राेहीकाे संज्ञा दिएका छन् । जलेकाे सिंहदरबार बनाउन सकिन्छ भन्दै गुरुङले शुक्रबार गरेकाे टिप्पणीमा आलाेचना गर्दै बस्नेतले यस्ताे टिप्पणी गरेका हुन् ।

`तिमी जस्ता देशद्रोही त बाउ–आमाले मनोरञ्जन गर्दै गर्दा नै जन्मिन्छौ मिष्टेकले पनि जन्मिन्छौ। सिंहदरबार बनाउन तिम्रा गुरु दलाइ लामाको सबै सम्पति लगाँउदा नि सम्भब छैन´ बस्नेतले आफ्नो फेसबुकमा लेखेका छन् ।

एमाले नेता महेश बस्नेत लेख्छन्-
सुधन गुरुङले भनेछन : जलेको हजारवटा सिंहदरबार बनाइदिन सक्छु, यही संविधानमा टेकेर नेताहरूलाई हान्छौँ। उ जस्ता कुलंगार जन्माउन सकिदैन अरे।

सिंहदरबार हाम्रो पहिचान हो , माटो–ढुंगै मात्र होइन। युद्धको दौरान बाह्य शक्तिले आक्रमण गर्दा संसद्, अदालत र कार्यकारी माथि आक्रमण गर्छ त्यो सकेर देश हराउँछन।

आन्दोलनको नाममा बालबालिकालाई उचालेर विदेशीको खेल मैदान बनाएर देशलाई आक्रमण गराउनेहरू होसमा आऊ। असल मार्गमा फर्क, नत्र इतिहासले कडा मूल्य तिर्न लगाउनेछ।

तिमी जस्ता देशद्रोही त बाउ–आमाले मनोरञ्जन गर्दै गर्दा नै जन्मिन्छौ मिष्टेकले पनि जन्मिन्छौ। सिंहदरबार बनाउन तिम्रा गुरु दलाइ लामाको सबै सम्पति लगाँउदा नि सम्भब छैन।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको