उद्दव बानियाँ / विध्वंस पश्चात् जब म लौह पुरुष,राष्ट्रिय नायक, वीर पुरुष गणेशमानसिंह निवास पुगेँ। आगोले सम्पूर्ण घर जलाइदिएको थियो। ढुङ्गा,भित्ताहरू, पुस्तकहरू—सबै खरानीमा परिणत भइसकेका त्यो दृश्यले , त्यो क्षणले मेरो हृदयमा गहिरो छेदन ल्यायो।त्यहाँ पुगेपछि शब्दहरू हराए।
प्रत्येक कोठा, प्रत्येक भित्तामा उहाँको संघर्ष, तपस्या र प्रजातन्त्रप्रति अटूट प्रेमको गन्ध अझै जीवित थियो। मैले महसुस गरें—यो केवल घर जलेको छैन, एउटा ऐतिहासिक यात्रा,जनताको सपना र प्रजातान्त्रिक आन्दोलनको प्रतीक, जलेर नष्ट भएकोछ।

लाैहपुरूष गणेशमान सिंहकाे निवास चाकसीबारी । जहाँबाट ०४६ सालकाे आन्दोलन शंखघाेष गरिएकाे थियाे ।
गणेशमान सिंह जस् ले आफ्नो सम्पूर्ण जीवन प्रजातन्त्र,र नागरिकको अधिकारका लागि समर्पित गरे।उहाँको आदर्श,उहाँको दृष्टान्त र उहाँको दृढता केवल भूतकालको कुरा होइन। ती आज पनि हाम्रो समाज र राजनीतिमा मार्गदर्शन गर्ने उज्यालो छन्।
धुँवा र खरानीमा लुकेका ती स्मृतिहरूले मलाई सम्झाउँछन्—सत्य र न्यायका मूल्य कहिल्यै मर्न सक्दैनन्। लौह पुरुष निवास जले तर उहाँका सपना जलेन। उहाँका आदर्श हाम्रा हृदयमा अमर छन्, र हामीले तिनीहरूलाई बचाएर अगाडि बढाउनैपर्छ।
सत्य, न्याय र प्रजातन्त्रका लागि लड्नेहरूले सधैं आफ्नो जीवन त्याग्छन्, तर उनीहरूको संघर्ष, विचार र सपना कहिल्यै मर्दैन।
त्यसैले हामी राज्यसँग सोध्न चाहन्छौं:
१. घटनापूर्व सुरक्षा निकायहरू किन निष्क्रिय थिए?
२. घटनापछि उद्धार, सुरक्षा र तथ्याङ्क संकलनमा ढिलाइ किन भयो?
३. दोषीहरूको पहिचान र कारबाही किन स्थगित छ?
४. यस्ता ऐतिहासिक र राष्ट्रिय महत्वका स्थलहरूमा हिंसा रोक्न दीर्घकालीन रणनीति कहिले कार्यान्वयन हुनेछ?
हामी पीडित मात्र होइनौं; हामी इतिहास, न्याय र लोकतन्त्रको पक्षमा आवाज उठाउने नागरिक हौं।
( बानियाँ नेपाली कांग्रेस सिन्धुपाल्चोकका युवा नेता हुन्)



