काठमाडौँ – नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष दुजाङ शेर्पाले देशमा सरकार अलाेकतान्त्रिक रूपमा अघि बढ्न खाेेजेकाे भन्दै त्यसविरुद्ध नयाँ पुस्तालाई तयार रहन आव्हान गरेका छन् ।नेविसंघ स्थापना दिवसमा भिडियाे सन्देश जारी गर्दै उनले याे लडाई लामाे हुने र नयाँ पुस्तााले लडेे नयाँ इतिहनस रच्ने उनले बताएका छन् ।

सरकारद्वारा विद्यार्थी संगठनहरू खारेज गर्ने निर्णयबारे पार्टी सभापति गगन थापासँग पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न आग्रह गरेका छन्। नेविसंघको स्थापना दिवसको अवसरमा जारी भिडियो सन्देशमा शेर्पाले यस्तो निर्णयलाई अलोकतान्त्रिक र असंवैधानिक भएको टिप्पणी गर्दै, पार्टी नेतृत्वको मौनताप्रति असन्तुष्टि व्यक्त गरे। उनले विद्यार्थी आन्दोलनमाथि भएको हस्तक्षेपविरुद्ध नेपाली कांग्रेस ले स्पष्ट धारणा राख्दै संसदमा सशक्त रूपमा आवाज उठाउनुपर्ने बताएका छन्।

शेर्पाले पार्टी नेतृत्वलाई स्मरण गराउँदै विद्यार्थी आन्दोलनकै जगमा पार्टी नेतृत्व स्थापित भएकाले वर्तमान परिस्थितिमा पनि त्यसको पक्षमा उभिनु आवश्यक रहेकाे उनकाे मत छ।त्यसैगरी, नेविसंघको १२औँ महाधिवेशन विधान अभावका कारण अघि बढ्न नसकेको उल्लेख गर्दै उनले आवश्यक विधान उपलब्ध गराउन माग गरेका छन्। यदि विधान दिन नसकिने हो भने वर्तमान केन्द्रीय कार्यसमिति भंग गरेर नयाँ निकास दिन पनि उनले आग्रह गरेका छन्।

उनका अनुसार विद्यार्थी आन्दोलनलाई प्रभावकारी रूपमा अघि बढाउन स्पष्ट संरचना र नीति आवश्यक छ, जसका लागि पार्टी नेतृत्वले शीघ्र निर्णय लिनुपर्ने देखिन्छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको