बैशाख १२ : जवाहरलाल नेहरू विश्वविद्यालयमा पहिलो पटक अन्तरास्ट्रिय साँस्कृतिक एवम् खाद्य महोत्सव भव्य रूपमा सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय विद्यार्थी संगठनको नेतृत्वमा आयोजित उक्त कार्यक्रमले विभिन्न देशका विद्यार्थीहरूलाई एउटै मञ्चमा जोड्दै विविधता, एकता र सहकार्यको सशक्त सन्देश दिएको छ।

कार्यक्रममा विभिन्न मुलुकका संस्कृति, परम्परा, भेषभूषा तथा परिकारहरू प्रदर्शन गरिएका थिए। सहभागीहरूले आ-आफ्नो देशको मौलिक पहिचान प्रस्तुत गर्दै दर्शकहरूलाई विश्वका विविध संस्कृतिसँग परिचित गराएका थिए। यसले विश्वविद्यालयभित्र अन्तर्राष्ट्रिय मैत्री सम्बन्ध विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकहरूले बताएका छन्।

संगठनका अध्यक्ष सौगात फुयालले कार्यक्रमको सफलतापछि खुशी व्यक्त गर्दै यो केवल उत्सव नभई साझा प्रयास, एकता र सम्भावनाको प्रतीक भएको बताए। उनले आगामी दिनमा अझ ठूलो सपना र उपलब्धितर्फ अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरे।

कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण स्वयंसेवक, सहभागी तथा सहयोगीप्रति आयोजकले आभार व्यक्त गरेका छन्। आयोजकका अनुसार यो कार्यक्रमले विश्वविद्यालयमा नयाँ परम्पराको सुरुवात गरेको छ र भविष्यमा अझ व्यापक रूपमा यस्ता कार्यक्रमहरू आयोजना गरिनेछन्। फुयाँल नेपालको राजधानी काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाका हुन् ।

नेपाली विद्यार्थीको नेतृत्व
यस ऐतिहासिक कार्यक्रमको नेतृत्व नेपालको राजधानी काठमाडौँस्थित कागेश्वरी मनोहरा नगरपालिका स्थायी घर भएका विद्यार्थी सौगात फुयालले गरेका थिए। अन्तर्राष्ट्रिय विद्यार्थी संगठनको अध्यक्षका रूपमा उनले कार्यक्रमलाई सफल बनाउन मुख्य भूमिका खेलेका हुन्।

कार्यक्रमको सफलतापछि खुसी व्यक्त गर्दै अध्यक्ष फुयालले भने, `यो केवल एउटा उत्सव मात्र नभई साझा प्रयास, अटुट एकता र अनन्त सम्भावनाको प्रतीक हो। हामी आगामी दिनमा अझ ठूला सपना र उपलब्धितर्फ अघि बढ्नेछौँ।´

नयाँ परम्पराको सुरुवात
विश्वविद्यालयमा पहिलो पटक आयोजना गरिएको यस किसिमको बृहत् कार्यक्रमले नयाँ परम्पराको सुरुवात गरेको सहभागीहरूले बताएका छन्। आयोजकले कार्यक्रम सफल बनाउन सहयोग गर्ने स्वयंसेवक, सहभागी र सहयोगीहरू प्रति आभार प्रकट गर्दै भविष्यमा यसलाई अझ व्यापक र परिष्कृत रूपमा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

जेएनयू जस्तो प्राज्ञिक थलोमा नेपाली विद्यार्थीको नेतृत्वमा भएको यो सफल आयोजनालाई विश्वविद्यालयभित्र र बाहिर विशेष चासोका साथ हेरिएको छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको