काठमाडौं । गत असोज १७ र १८ गते अविरल वर्षाको कारण आएको बाढी पहिरोबाट सबैभन्दा बढी मानवीय क्षति भएको इलामलाई ३ महिनाका लागि सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको नेपाल सरकारले एक हप्ता भएको छ। क्षति ग्रस्त इलामका विभिन्न पालिकाहरुमा राहत स्वरुप विभिन्न संघ संस्था, निजि क्षेत्र, राजनीति दलहरु लगायतले प्रत्यक्षरुपमा आर्थिक तथा भौतिक सहयोग जुटाइ रहेको छ ।

सो क्रममा इलाम माङ्सेबुङ, बाझोका हाल दक्षिण कोरिया बस्ने तगेन्द्र राईको पहलमा कोरियन १,६४१,१११ वन संकलन गरि मङ्सेबुङ गाउँपालिका लाई हस्तान्तरण गरेको छ । समाजसेवि राईले सहयोगी दाताहरूको नाम सार्वजनिक गर्दै गाउँपालिका नेतृत्वको रोहवरमा पीडित परिवारहरुलाई नगद एक लाख एकसट्ठी रुपैया हस्तान्तरण गरेका छन् ।

कोरियाको बुसानमा बसोबास गर्ने राई न्यू भिजन ग्रुप, दक्षिण कोरियाका अध्यक्ष साथै एनआरएनका सक्रिय नेता हुन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको