काठमाडौं :आफूलाई जेनजी अभियन्ता बताउने अर्जुनबहादुर शाही पक्राउ परेका छन् । शाहीलाई कोटेश्वरबाट प्रहरीले पक्राउ गरेको हो । उनले विभिन्न सरकारी कार्यालयहरुमा जेनजीको नामा आतङ्क फैलाउँदै आएका थिए ।
सरकारी कार्यालयहरुमा गएर हुलहुज्जत गरेको आरोपमा उनलाई पक्राउ गरिएको बताइएको छ । यद्यपि शाही यसअघि पनि चोरी, ठगी र बैंकिङ्ग कसुरको अभियुक्त रहेको खबरहरू सार्वजनिक भइसकेका छन् । शाही तिनै व्यक्ति हुन्, जाे सुशीला कार्कीकाे प्रधानमन्त्रीमा सपथका दिन शितल निवास समेत पुगेका थिए ।



