काठमाडौं : नेपाल प्रहरीमाजस्तै सशस्त्र प्रहरीकाे एउटा ठेक्कामा पनि चरम अनियमितताकाे आराेप लागेकाे छ । सशस्त्र प्रहरी बलका लागि अत्यावश्यक सामान खरिदमा मिलेमतो गरेर भ्रष्टाचार भएको तथ्य बाहिरिएको छ ।

सशस्त्र प्रहरि बलले श्रावण १४गते जुत्ता, वुट, टप वुट, स्लिपिङ्ग व्याग, चुस्ता, कटन प्यान्ट, सर्ट लगायत १४वटा सामानको खरिदका लागि ठेक्का आव्हान गरेको थियो । ठेक्का खोल्नु पुर्वनै ठेकेदार ज्ञानेन्द्र बस्नेत सँग मिलमतो गरि उनको कम्पनीलाई मिल्ने गरि सामनहरुको नमुना र स्पेसिफिक्सन सहित क्राइटेरिया राखेको र वस्नेतलाई नै ठेक्का मलाउने गरि सेटिङ्ग गरिएको कुरा वाहिरिएर अन्य ठेकेदारहरुले विभिन्न निकामा उजुरि हालेपछि अख्तियारले छानविन गर्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई छानविन गर्न पत्र पठाएको थियो ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले छानविन गरि त्रुटि सच्याउन शसस्त्र प्रहरि बललाई पत्राचार गरेको थियो । तर सार्वजनिक खरिद अनगमन कार्यालयको पत्रलाई समेत धज्जि उडाउदै वारेन्टिको ठाउमा रिप्लेस्मेन्ट राखि सामान्य शंसोधन मात्र गरेर ठेक्का अगाडि वढायो ।

शसस्त्र प्रहरिका डिआईजि दिपेन्द्र कुवर,जो एसएसपि हुदै लामो समय शसस्र प्रहरिको प्रवन्ध शाखामा वसेका थिए ।उनले नै यस आर्थिक वर्षको ठेक्कामा ज्ञानेन्द्र वस्नेत समुहसँग बसेर ठेक्काको सेटिङ्ग गरेको स्रोतले वतायो । बस्नेत त्यही समूह हने जसले नेपल प्रहरीमन पनि यहि प्रकृतिकाे बद्मासी गरेकाे खबर हुलाकपाेष्टले शुरूमै सार्वजनिक गरेकाे थियाे भने पछि ठेक्का नै रद्ध गरिएकाे थियाे ।

सशस्त्र प्रहरीकाे प्रबन्ध  शाखा प्रमुख एसएसपि बिकास घिमिरेलाई प्रबन्ध शाखामा ल्याउन डिआईजि दिपेन्द्र कुवरले नातामा जेठान पर्ने भानु देउवालाई प्रयोग गरेर तत्कालिन गृहमन्त्री रमेश लेखकलाई ठाडो प्रेसर गराएका थिए । आईजिपि राजु अर्यालले समेत  देउवाका ज्वाई डिआईजि दिपेन्द्र कुवरले राजनीतिक प्रेसरले आफु अनुकुल एसएसपिलाई प्रवन्ध शाखामा ल्याउन गहमन्त्री र शक्तिकेन्द्रमा लविङ गरेको गुनासो गर्ने गरेको शसस्त्र प्रहरि स्रोतले वतायो ।
वजार मुल्य भन्दा दोव्वर मुल्यमा सामानको ठेक्का सम्झौता गर्ने तयारि अगाडि बढाइएको छ । प्रतिष्परधा सिमित गर्ने गरि ठेक्का प्रक्रिया अगाडि वढाएर चर्को मुल्यमा खरिद ठेकका सम्झौता गर्नगरि अगाडि वढाएको तथ्य भेटिएको छ ।

विगत ३,४वर्ष देखि स्पोर्टस जुत्ता, वुट, अफिसर बुटको काम ठेकेदार ज्ञानेन्द्र वस्नेतका कम्पनी जय सलिना इन्टरप्राइजेज, एभरेष्ट नेपाल फुटवेयरलाई पालैपालो वजार मुल्य भन्दा तिनगुणा वढि मुल्यमा ठेक्का दिने गरेको तथ्य समेत फेला परेका छन् । यसले मिलेमतोलाई थप प्रस्ट पार्छ ।

लम्बिनी प्रदेशको डिआईजि रहेका दिपेन्द्र कुवरले ठेक्का खोल्नुपुर्व छोराको जन्मदिनको अवसर पारेर लुम्विनी वाट काठमाडौँ आई कुनै ठाउमा ज्ञानेन्द्र बस्नेत र उनको समुहसँग भेटेर विड डकुमेन्टमा स्पेसिफिक्शन र नमुना वस्नेतले भनेकै राखेर प्रतिष्पर्धा समिति गरि ठेक्का दिने गरि मिलेमतो गरिएको स्रोतले बताएको छ ।

यस वर्षको ठेक्कामा डिएमएस बुट ज्ञानेन्द्र वस्नेतको कम्पनी जय शलिनालाई ३७००० वुटको लागि रू २७७९ मा सम्झौता गर्नेगरि अगाडि वढाईएको छ । जवकि बुटको वजार मुल्य रू १५०० पर्ने वुझिन्छ । बजार मुल्यभन्दा दोव्वर मुल्यमा ठेक्का सम्झौता गर्नेगरि अगाडि वढाईएको छ । यसै गरि ३७००० स्पोर्टस सुज वस्नेतकै कमपनी एभरेष्ट नेपाल फुटवयरलाए रू १६७७ मा सम्झौता गर्नेगरि अगाडि वढाईएको छ । जवकि बुटको वजार मुल्य रू ९०० पर्ने वुझिन्छ । त्यस्तै टप बुट ५००० का लागि रू २८९५ मा सम्झौता गर्नेगरि अगाडि वढाईएको छ । जवकि टप बुटको वजार मुल्य १६९६ पर्ने वुझिन्छ । जत्ताकै तिनवटा आइटममा मात्रै ८ करोड भन्दा वढि रकम दुरुपयोग भएको वुझिन्छ । चर्को मुल्यमा सामान खरिदको ठेक्का दिने गरि प्रक्रिया अगाडि वढाएर राज्यकोषको रकम दुरुपयोग गरेको र भ्रष्टाचार भएको देखिन्छ ।

अन्य सामानमा पनि दोव्वर मुल्यमा खरिद गर्ने गरि ठेक्का सम्झौता अगाडि वढाईएको पाइएको छ। कटन सर्ट प्रति मिटर रू ५४८ , जसको वजार मुल्य रू२५१ रहेको छ । कटन सरपाइन्ट प्रति मिटर रू ६७०, जसको वजार मुल्य रू३२१ रहेको छ । त्यस्तै पिटि गञ्जि रू १०९९ , जसको वजार मुल्य रू४०० रहेको छ । यसरि लगभग ६ करोड राज्यकोषको दुरुपयोग भएको देखिन्छ ।
डिआईजि दिपेन्द्र कुवरले प्रवन्ध शाखाका प्रमुख एसएसपि विकास खनाललाई समेत राखि ज्ञानेन्द्र बस्नेत समुहसँग मिलमतो गरेको सुचना वाहिरिएको छ ।

बिकास खनाललाई खरिद सम्वन्धि धेरै अनुभव नभएको र डिआइजि कुवरल नै आफुअनुकुल काम गराउन उनलाई ल्याएको वझिएको छ । आइजिपि राजु आर्यालले समेत कुवरको अनावश्यक हस्तक्षेप र लविङको गुनासो गर्नेगरेको स्रोत वताउछ ।
पछिल्लो समय नेपाल प्रहरिको ठेक्काका विषयमा मिलेमतो र भ्रष्टाचार भएको उजुरि परेपछि गहमन्त्री र आइजिपि चन्द्रकुवेर खापुङ्गको निर्देशनमा असोज १२गते सुचना निकालेर ठेक्का प्रक्रिया रद्ध गरेको छ ।

शसस्त्र प्रहरि बलको सामन खरिदको ठेक्कामा समेत ज्ञानेन्द्र वस्नेत समुहकै हालिमुहालि रहेको र उनैले मिलेमतो गरि वजार मुल्यभन्दा दोव्वर मुल्यमा प्राय सामान खरिदको ठेक्का हत्याउन लागेको सचना वाहिरिएको छ । मिलमतो र भ्रष्टाचारको विषयमा अन्य व्यवसायिहरुले गृहमन्त्री समक्ष उजुरि दिएर ध्यानाकर्षण गराइसकेका छन् ।

शसस्त्र प्रहरिका २०८२/०८३ र २०८१/२२ को आर्थिक वर्षमा बुटमा कसरि स्पेसिफिकेशन राखि सेटिङ गरिन्छ हेर्नुहोस् ।बुटको Inner part of tong मा Chemical composition मात्रै केहि प्रतिशत तलमाथि गरिएको तथ्य देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको