काठमाडौं । जेनजी आन्दोलनले प्रशासनिक र राजनीतिक बेथितिविरूद्द प्रश्न उठाइरहेका बेला नेपाल प्रहरीभित्र भने बेथितिकै निरन्तरता देखिएको छ ।
प्रहरी प्रधान कार्यालयले नियमित सरुवा रोकेर अचानक ७ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)लाई काजमा पठाएपछि अहिले प्रश्न उठेको छ ।
गृहमन्त्री ओम प्रकाश अर्यालले तत्काल नियमित सरुवा निकाल्न निर्देशन दिएपनि प्रहरी महानिरीक्षक ९आईजी० चन्द्र कुबेर खापुङले उनलाई कुरा मिलाएर काज आदेश जारी गरेको प्रहरी स्रोतको दाबी छ।
को-को भए काज सरूवा ?
दीपक थापा इलाका प्रहरी कार्यालय मनहरि हेटौडा, कैलाश लिम्बु खापुङ सिजुवा मोरङ, शालिकराम तिमिल्सिना सिरहा ट्राफिक, दानबहादुर मिरिङ्चिङ उदयपुर ट्राफिक, सपना खड्का इप्रका डकाह सिन्धुली र बिनोद ठवालको नुवाकोट ट्राफिकमा काज सरुवा गरिएको छ ।
यस्तै कमल राउतको जिल्ला प्रहरी कार्यालय रामेछापमा काज गरिएको छ । यसमध्ये कैलाश लिम्बु र दानबहादुर मिरिङ्चिङ, शालिकराम तिमिल्सिना खापुङ निकट रहेको आरोप लागेको छ । आफ्ना मानिसलाई मिलाउन आईजीले नियमित सरुवा प्रक्रिया रोकेर ‘काज’ प्रयोग गरेको उच्च प्रहरी स्रोतको दाबी छ ।
खापुङ आईजी भएपछि भेटेरै इन्स्पेक्टर लिम्बुले फेसबुकमा फोटो राख्दै बधाई काका भनेका छन् । यसरी आईजी खापुङले आफ्ना मान्छेलाई च्याप्दा नियमित सरुवा कुरेर बसेकाहरू भने निराश भएका छन् ।



