काठमाडौं । सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले भागेका कैदीहरूबाट न्यायाधीशलाई धम्की आइरहेको बताएकी छन् । सोमबार काठमाडौं जिल्ला अदालतको क्षतिग्रस्त भवनको अवलोकनपछि कुराकानी गर्दै न्यायाधीश मल्लले न्यायाधीशहरूमाथि धम्की आइरहेको बताइन् ।
मल्लले भनिन्, ‘अहिले त कैदी नै बाहिर छन् । कैदीले अदालत जलाउने काम गरे अनि अहिले न्यायाधीशहरूलाई धम्की समेत आइराखेको स्थिति छ । अहिले नयाँ सरकार आएको छ, अब सुरक्षाको व्यवस्थामा हामी विश्वस्त छौँ ।´
आइतबार देशैभरका न्यायाधीशसँग भर्चुअल बैठकमा सहभागी भएपछि न्यायाधीशहरुले आफूमाथि धम्की आएको जानकारी दिएको मल्लले बताइन् ।



