
काठमाडौं: मिस नेपाल वर्ल्ड २०२५ को उपाधि लुना लुइँटेलले जितेकी छन्। शनिबार ललितपुरको गोदावरीमा सम्पन्न ग्राण्ड फिनालेमा अन्य २५ प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिस नेपालको उपाधि जितेकी हुन्।
उनलाई पूर्वमिस नेपाल आस्मा कुमारी केसीले ताज लगादिइन्। २६ जना फाइनलिस्टमध्ये मिस अर्थ सोनी घले भइन् भने मिस नेपाल इन्टरनेसनको ताज उरूशा भण्डारीले जितिन्।