काठमाडौं : बडिबिल्डर कविराज कटुवाल पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले कटुवाललाई अनुचित लेनदेन (मिटरब्याजी)को आरोपमा पक्राउ गरिएकाे हाे । पक्राउ परेका कटुवालमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको परिसरका एसपी चक्रराज जोशीले बताए । प्रहरीले कटुवालमाथि थप अनुसन्धान गरी थुनामा राख्न म्याद थप गर्ने तयारी गरेकाे छ ।
कटुवालले पीडितलाई १ करोड ४० लाख रुपैयाँ ऋण दिएको र पीडितले ४ करोड ८६ लाख रुपैयाँ फिर्ता गर्दासमे धम्की दिँदै थप रकम मागेको खुलेपछि पक्राउ गरिएको प्रहरीकाे भनाइ छ ।



