काठमाडौं।  सर्वकालीन ब्लकबस्टर ‘पूर्णबहादुरको सारंगी’ बाट परिचित निर्देशक सरोज पौडेलको नयाँ फिल्म ‘कोशेढुंगा’ को ट्रेलर सार्वजनिक गरिएको छ।

३ मिनेट ४३ सेकेन्ड लामो ट्रेलरले पारिवारिक सम्बन्ध, दाम्पत्य जीवनका उज्याला–अँध्यारा पक्ष र मानवीय उल्झनलाई प्रस्तुत गर्ने प्रयास गरेको छ।

ग्रामीण परिवेशमा आधारित फिल्ममा जीवनका गहिरा आयामलाई देखाइएको बुझिन्छ। फिल्ममा सुरक्षा पन्त, आर्यन सिग्देल, प्रवीण खतिवडा, ऋचा शर्मा, नीति शाह, मञ्जिलकुमार, सरोज खनाललगायतका कलाकारको अभिनय छ। पौडेलकै कथा तथा पटकथामा बनेको फिल्मलाई प्रविल कँडेल र किशोर अनुरागले निर्माण गरेका हुन्।

दिनेश खड्का कार्यकारी निर्माता हुन्। नरेदवी फिल्म्स र सारंगी फिल्म्सको सहकार्यमा बनेको फिल्मलाई सेभेन सिज इन्टरनेसनलले अन्तर्राष्ट्रिय बजारमा प्रदर्शन गर्ने तयारी गरेको छ। ‘कोशेढुंगा’ आउँदो भदौ १२ गते (अगस्ट २८) तीजको छेकोमा प्रदर्शनमा आउनेछ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर