काठमाडौं : नेविसंघका अध्यक्ष दुुजाङ शेर्पाले शिक्षक नियुक्ति शतप्रतिशत खुला हुनुपर्ने बताएका छन् । शिक्षा समितिमा संयुक्त विद्यार्थी संगठनको तर्फबाट बोल्दै साेमबार नेबिसंघ अध्यक्ष दुजाङ शेर्पाले यस्ताे धारणा राखेका हुन् । अहिले शिक्षक नियुक्तिकाे विषय विवादमा छ ।

`शिक्षक नियुक्ति १००% खुला हुनुपर्छ । लाखौ विद्यार्थीहरुले बिदेश नगई नेपालमै शिक्षक बन्ने सपना देखिरहेका छन् । उनीहरुको अधिकार कुन्ठित गर्न पाइदैन । शिक्षा बिधेयक विद्यार्थीमैत्री हुनुपर्छ । तपाइँले खुट्टा टेक्नुस् । तपाइँलाई साथ दिन हामी सबै विद्यार्थी संगठन तयार छौं ,´शेर्पाले भने । शिक्षा विधेयकका बारेमा आज समितिमा छलफल भएकाे थियाे ।

 

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर